Saturday, November 4, 2017

believers vs seekers

This is not a land of believers, this is always been a land of seekers.
The basis of seeking is a, true seeking can happen within you only when there are no assumptions or presumptions within you.
Believe means concretizations of assumptions that you have made. Which may be culturally convenient, but not existentially it has no relevance.


Friday, October 6, 2017

Monday, September 4, 2017

Mount Everest base camp ( photo gallery )
























Mount Everest, known in Nepali as Sagarmāthā and in Tibetan as Chomolungma, is Earth's highest mountain, located in the Mahalangur Himal sub-range of the Himalayays. The international border between China (TIBET) and Nepal runs across its summit.
The current official height of 8,848 m (29,029 ft), recognised by China and Nepal, was established by a 1955 Indian survey and subsequently confirmed by a Chinese survey in 1975.[1] In 2005, China remeasured the rock height of the mountain, with a result of 8844.43 m. There followed an argument between China and Nepal as to whether the official height should be the rock height (8,844 m., China) or the snow height (8,848 m., Nepal). In 2010, an agreement was reached by both sides that the height of Everest is 8,848 m, and Nepal recognises China's claim that the rock height of Everest is 8,844 m.

Cultural dance ( newari culture) lakhe

Newari culture nepali old culture
This culture is nepalease pride & own identity. Firstly, Nepalese civilization and country naming start from ne + pal
In Kathmandu valley newari people are mainly  originated here.  They have own identity uniquely celebration their fesrive like lakhe nach one of the most famous
Classical dance.


Saturday, August 26, 2017

गीताका मुख्य सार

यी हुन् गीताका १८ मुख्य सार








बाइबल क्रिस्चियन धर्मावलम्बीको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ, कोरान मुस्लिम धर्मावलम्बीको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ हो । त्यसैगरी, हिन्दु धर्मावलम्बीको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ वेद हो । वेद चार वटा छन् ऋग्वेद, सामवेद, यजुर्वेद र अर्थर्ववेद । यी चार वेदको निष्कर्ष उपनिषद् ग्रन्थ हो ।krishna-wallpaper-bhagavad-gita
उपनिषद्बाटै १८ पुराण बनेका हुन् । सबै वेद, उपनिषद् पुराणको निष्कर्ष गीता हो । गीता धार्मिक पुस्तक १८ अध्यायमा लेखेको छ । 
अर्जुनले महाभारत लड्दिन भनेर अज्ञानी भएका बेला श्रीकृष्णजीले राम्रो ज्ञान प्राप्तिका लागि गीताको ज्ञान भनेको सुनाएको हो । तै पनि अर्जुनलाई चित्त नबुझेकोले भगवान् श्रीकृष्णजीले अर्जुनलाई विश्वरूप दर्शन दिएर प्रस्ट पारी ज्ञान प्राप्ति गरिदिएको हो । अर्जुनलाई महाभारतलाई लड्न तयार गरिदिएको हो । यसरी निष्कामना अर्जुनमा उत्पत्ति गराइदिएको हो । यो सबै ज्ञानलाई गीतामा भगवान्ले १८ अध्यायमा मनन चिन्तन गराएको हो ।
तिनै १८ अध्याय हिन्दु धर्मको मुख्य महत्वपूर्ण  धर्मको नियम स्वरूप हो । यिनै १८ अध्यायको कुरालाई सारांशमा हेर्दा भगवान्को १८ इश्वरीय कानुन (१८ कमाण्डमेन्टस्) भनेर हामीले बुझ्नुपर्छ । इश्वरीय कानुन भन्नाले हामी मानिस १८ वटा नियमलाई पालना गरी जीवन चलाउन भवसागर तर्नलाई अर्पण गर भनी भगवान्को आदेश हो । 
अतः गीतालाई हामी १८ कमाण्डमेन्टस् भन्छौँ । जस्तो कि बाइबललाई क्रिस्चियनले दश कमाण्डमेन्टस् भन्छन् । गीताको १८ अध्यायको मुख्य सार कुरा यस्तो छ । यसबाट आफ्नो जीवनलाई सुधार्नुहोस्, लाभ उठाउनुहोस् । 

१८ कमाण्डमेन्टस् गीताको मुख्य कुरा 
अध्याय १– मोह या सुख शान्तिको अधीनमा नपर्नु । 
२– शरीर नाशवान, आत्मा अविनाशी सम्झेर कर्तव्य पालना गर्नु । 
३– निष्काममा भावले परहिताय गरी कर्तव्य पालना गर्नु । 
४– तत्व  ज्ञानको अनुभव गरी निःस्वार्थ भावले कर्म गर्नु । 
५– सधैँ तितिक्षामा रहनु अर्थात् सुखदुःखमा समान भाव हुनु । 
६– अन्तस्करणमा समता राख्नु । 
७– सबै कुरा भगवान् नै हो भनी स्वीकार्नु सबैमा ब्रह्मभाव र हुनु । 
८– सधैँ भगवान्को स्मरण गर्दै आफ्नो कर्तव्यको पालना गर्नु । 
९– सबै मानिस भगवत प्राप्तिका अधिकारी हुन् भनी सम्झनु । 
१०– विलक्षण, विशेषता, सुन्दरता, महता, विद्वता बलबता आदि भगवान्को नै अंश मानी भगवान्को चिन्तन गर्नु । 
११– यो चराचर जगत् भगवान्को नै स्वरूपा मानेर विराट रूप भगवान्को दर्शन गर्नु अर्थात् जगत् नै भगवान, भगवान् नै जगत् हो भन्नु । 
१२– शरीर, इन्द्रीय, मन, बुद्धिले आफूलाई भगवान्मा अर्पण गर्नु । 
१३– संसारमा एक परमात्मा तत्व नै जान्न योग्य वस्तु हो भनी जानु । 
१४– सत्व, रज, तम यी तीनै गुणबाट अतित भई अनन्य भक्ति गर्नु । 
१५– एक परमात्मा मानेर अनन्य भक्तिभावले उनको भजन गर्नु । 
१६– जन्म, मरणको चक्रबाट छुट्न दुर्गन दुराचारको त्याग गर्नु । 
१७– जुनसुकै शुभ कर्म गरे पनि भगवान्को नाम स्मरण, उच्चारण गर्दै आरम्भ गर्नु । 
१८– भगवत शरणागती हुनु र भावले भगवान्को शरणमा पर्नु ।
-गोरखापत्रबाट
प्रा.डा. शिवप्रसाद धौभडेल


शरीरका कुन अंग फरफराए के फल ?

शरीरका कुन अंग फरफराए के फल ?


अङ्गस्फुरण विचार

नारायणप्रसाद निरौला
ज्योतिषाचार्य

शरीरमा विभिन्न प्रकारका कम्पहरू वेला वेलामा भइरहन्छन् । कुनै अंग विशेष हुने यस्तो कम्पनलाई अंगस्फुरण भनिन्छ । यसरी स्वस्थ अवस्थामा कुनै अंग विशेष फरफराउदा के फल हुन्छ भन्न्ने कुरा पनि ज्योतिष शास्त्रले बताएको छ । यस्तो फलको भोगी हुन सर्वप्रथम शरीर स्वस्थ हुनु आवश्यक छ । रोगी शरीरमा अंगस्फुरणको कुनै फल हुँदैन । विभिन्न सकुनले शुभाशुभ बताएजस्तै अंगस्फुरणले पनि व्यक्तिको जीवनमा शुभाशुभको संकेत गरिरहेको हुन्छ । यस्तै सङ्केतन मध्येको एक अंग फरफराउनु पनि हो । शरीरका लक्षण जस्तै अंग अनुसार फरफराएको शुभाशुभ फल ज्योतिष शास्त्रमा बताइएको छ ।

शिरको मध्य भाग फरफराए अभीष्ट पूरा हुन्छ अर्थात् सोचेका काम पूरा हुन्छन् । भनी बताइएको छ । यसैगरी शिरको पछाडिको भाग फरफराए यात्रा हुन्छ । दाहिने शिर फरफराए झन्झट आइपर्न सक्छ । निधार फर्फराएमा स्थानवृद्धि हुन्छ । आँखी भौँ फरफराए प्रियव्यक्तिको मिलन हुन्छ । नेत्रे नेत्रप्रियाः प्राप्ताः कर्णे कर्णसुखं भवेत् । नासिकायां सुगन्धाप्तिः कपोले तु वराङ्गना ।। (ज्योतिःसार, मिश्रप्रकरण, श्लो १०१) अर्थात् दाया आँखाको तल्लो भाग फरफराए प्रतिष्ठा मिल्छ भने वायाँ आँखाको तल्लो भाग फरफराए खर्च बढ्ने गर्दछ । विशेषतः राती जन्म भएका व्यक्तिका लागि शरीरको वायँ भाग फरफराएको शुभ मानिन्छ भने दिनमा जन्म भएकाका लागि शरीरको दायाँ भाग फरफराएको शुभ मानिन्छ । रातमा जन्म हुनेका निम्ति दाया आँखा फरफराए अशुभ मानिन्छ भने वायाँ आखा फरफराएको शुभ मानिन्छ । आँखा फरफराए प्रिय वस्तुको प्राप्ति हुन्छ भन्ने फल छ । राती जन्मेकाका निम्ति वायाँ अंगस्फुरण शुभ मानिन्छ । यसैगरी कान फरफराए राम्रो कुरा सुनिन्छ । नाक फरफराए सुगन्ध मिल्छ । गाला फरफराए प्रियवस्तुको प्राप्ति हुन्छ भनी ज्योतिःसारमा बताइएको छ । दायाँ कान पदोन्नतिकारक हुन्छ भने वायाँ कान फरफराए दुःख दिन्छ । दायाँ काँधले चिन्ता थप्छ भने वायाँ काँध फरफराए शत्रु विजय हुन्छ ।

ओठ फरफराए कलह हुन्छ भने जिभ्रो फरफराए मिष्टान्न भोजनत प्राप्त हुन्छ । हात फरफराए यात्राको अवसर मिल्छ । हात फरफराए यात्राको अवसर मिल्छ । कुइनो फरफराउनु भने शुभ मानिदैन । ओष्ठे कलहो ज्ञेयो जिह्वायां मिष्टभोजनम् । भुजेषु भुवनक्रीडा जानुदेशे महद्भयम् ।। (ज्योतिःसार, मिश्रप्रकरण, श्लो १०२) यसैगरी घाँटीको कण्ठ प्रदेश फरफराए वस्त्राभुषण प्राप्त हुन्छ । घाँटी फरफराए राज्यबाट सम्मान मिल्छ । यसैगरी पिठ्युँ फरफराए अर्काले कुरा काट्छन् भने स्कन्ध फरफराए धनागम हुन्छ भनी बताइएको छ । कण्ठस्थं भूषणां कण्ठे ग्रीवायां जागरा भवेत् । पृष्ठे परोक्षवार्ता च स्कन्धयोश्च धनागमः ।। (ज्योतिःसार, मिश्रप्रकरण, श्लो १०३) । यसैगरी पाखुरा फरफराए मित्रभेट हुन्छ ।
हृदय फरफराए अभीष्ट सिद्धि हुन्छ । पेट फरफराए भाग्य बढ्ने हुन्छ । कमर फरफराए सवारी साधन मिल्छ । गुदा फरफर्राए परस्त्री भोग हुन्छ । घुँडा फरफराए वस्त्र लाभ हुन्छ । पैताला फरफर गरे यात्रा गर्नु पर्ने फल बताइएको छ ।
हृदये वाञ्छिता सिद्धिर्जठरे भाग्यसम्पदः । वाहनाप्तिःकटेर्देशे गुह्ये परबधूरतः । ऊरुयुग्मेऽतिवस्त्राप्तिः पादयोर्गमनं भवेत् ।। (ज्योतिःसार, मिश्रप्रकरण, श्लो. १०४) स्तन फरफराए मनले चिताएको पुग्ने हुन्छ भने छाती फरफराए धन प्राप्त हुन्छ । पिडुडा फरफराए शत्रुभय हुन्छ । खुट्टाको औँला फरफराए लाभ हुन्छ । वायाँ घुँडा फरफराए प्रेमी मिलन हुन्छ भनी सुलभ ज्योतिषमा उल्लेख गरिएको छ ।

स्वास्थ्यव्यक्तिको शरीरका कुनै अंग विशेष कम्पन हुनुलाई अंग स्फुरण भनिन्छ । विशेषतः यसको फल निरोगी व्यक्तिका लागि मात्र घट्ने गर्दछ । कुनै रोग विशेषले फरफराएको फल हुँदैन । विशेषतः रातमा जन्म हुनेहरूका लागि शरीरको वायँ र दिनमा जन्म हुनेका लागि शरीरका दायाँ भाग स्फुरण भएको शुभ मानिन्छ । अंग स्पुरण पनि एक सकुन विशेष भएकाले यसको पनि आफ्नै महत्त्व रहेको पाइन्छ ।

Sunday, January 8, 2017

Nabraj parajuli [poem] (happy birthday son) नवराज पराजुली (सर्जक) हेब्बी बड्डे

नवराज पराजुली (सर्जक)
हेब्बी बड्डे
छोरा!
सिमेन्टको सेतो खाली बोरा बोकेर
धानको सिला खोज्न जाँदा
तिमी पाइलैपिच्छे भेट्थ्यौ
नरुवाको घाँटीमा सुनको सिक्री बनेर निदाइरहेका
धानका पहेँला बालाहरु
त्यसरी नै पाइलैपिच्छे भेटिरहनु
तिमीले जिन्दगीको खेतमा खोजेका
सपनाका सिलाहरु

हेब्बी बड्डे मेरो छोरा!
बिहेको भोलिपल्टै
मैतालु फर्काउन जाँदा
माइतिघरको आँगन टेक्ने बेलामा
छोरीको सिउँदो पहिलोपल्ट जसरी मुस्कुराउँछ
त्यसरी नै मुस्कुराउन्
तिम्रो विपनाका गालाहरु
सपनामा पनि, विपनामा पनि
सारा दुनियाँले तिम्रो नाम त्यसरी दोहोर्‍याओस्
जसरि तिमी सानो छँदा
तिमीले सिकेका नयाँ शब्द
दिनरात दोहोर्‍यारहन्थ्यौ
हेब्बी बड्डे मेरो छोरा!
आज तिम्रो जन्मदिनमा दिन म अरु केही सक्दिनँ
तिमीलाई सम्झिनबाहेक,
तिमीलाई त म
तिमी जन्मिनुभन्दा धेरै अघिदेखि सम्झिरहेकी छु,
बाडुलीले यादलाई
कसरी बिर्सन सक्छे र?

हामीलाई प्रौढ शिक्षा पढाउने
गीता भण्डारी बैनीले
'काकी, तपाईं सुरुमा कसको नाम लेख्न सिक्नुहुन्छ ?' भनेर सोध्दा
मेरा ओठले
तिमीलाई सम्झिन्छन्
अम्बाको रुखमुनी घाँस काट्न जाँदा
सुगाले
आधा अम्बा खाएर आधा झार्छ,
सुगाको जुठो हँसियाले फाल्दै
बाँकी अम्बा टोक्न खोज्दा
मेरो जिब्रोले
तिमीलाई सम्झिन्छ

मैले साँझ–बिहान गाई दुहुन बस्दा
ठूलो बाल्टीको छेउमा
सानो गिलास लिएर
आजभोलि आउदैन कुनै सानो मान्छे
तर पनि
बाच्छोले चपचप पार्दै थुन तानेको सुनेपछि
मेरा कानले तिमीलाई सम्झिन्छन्
घरैअघिको बाटैबाटो
तिमीजस्तै कोहीआउँदै गरेको देखेपछि
मेरा पैतालाले सम्झिन्छन् तिमीलाई,
अनि
त्यो आउँदै गरेको मान्छे
तिमी हैनौ भनेर अरुले भन्दिएपछि
मेरा परेलीले सम्झिन्छन् तिमीलाई।
तिमीले तिम्रो 'मेरो सेरोफेरो' किताब हराउँदा
मेरो सेरोफेरो आउन डराउँदै तिमी
जुन खाँबोको सेरोफेरो घुमेथ्यौ
अहिले त्यो खाँबो बुढो भएको छ,
त्यो रोगी बुढो खाँबोले
उसको दुखिरहने घुँडा खोच्याउनाले गर्दा
अहिले हाम्रो घर ढकाल बा जस्तै कुप्रो भएको छ
ढकाल बासँग त लौरो छ
हाम्रो घरसँग छैन ,
एकादशी एकादशीमा
त्यो बुढो खाँबोको सेरोफेरो गोबरले पोत्दा
मेरा हत्केलाका रेखाले तिमीलाई सम्झन्छन्
शनिबार खल्याङमल्याङ जिउ नुहाइसकेपछि
जुन गुन्द्रीमा सुतेर तिमी
मलाई तिम्रो कानमा तेल हाल्न लगाएर
तिम्रो कान कुर्र… पार्न लगाउँथ्यौ
अहिले म
त्यही गुन्द्रीमा धान सुकाउँछु,
सुकेको धान बोरामा उठाउँदा
त्यो बोराको मुखले
भोको मुख लगाएर मेरो मुखमा टुलुटुलु हेरिरहन्छ,
फुल्याउँदै फुल्याउँदै
बोराको त्यो भोको मुख बाँध्दा
मेरा औंलाले तिमीलाई सम्झन्छन्
सम्झिरहेकी म
कुनैकुनै दिन
तिमीलाई सम्झन बिर्सन्छु
अण्डा पारिरहेकी कुखुरीले
कुनैकुनै दिन
अण्डा पार्न बिर्सन्छे,
बिर्सेको दिनको भोलिपल्ट
कुखुराको पोथीले
भित्र दुइटा रानी भएको दुई गुना ठुलो अण्डा पार्छे
मेरो राजालाई बिर्सेको दिनको भोलिपल्ट
मेरा आँखा
अरु दिनभन्दा दुई गुना बढी ठूला हुन्छन्

सम्झिँदै जाँदा म सम्झिन्छु
तिमीलाई मैले ...
खै कुन्नि कति कक्षासम्म पढाएकी थिएँ,
तिमीले पढेका अक्षर र अंकहरु किन्न
मैले फर्सीका बियाँ बेचेकी थिएँ ,
त्यसैले त म चाहन्छु
तिम्रो जिन्दगीको बेलोमा
प्रगतिका गतिला-गतिला गट्टाहरु लागुन्
तिमीले पढेका अक्षर र अंकहरु किन्न
मैले बोडीको बीउ बेचेकी थिएँ
त्यसैले त म सधैँ चाहन्छु
तिम्रो जिन्दगीका लहराहरुमा
रहरका करोडौँ कोसाहरु झुण्डिरहुन्,

तिमीले पढेका अक्षर र अंकहरु किन्न
मैले कुखुराका अण्डा बेचेकी थिएँ
त्यसैले त म सधैं चाहन्छु
तिम्रो जिन्दगीको गुँडमा
खुसीका चुलबुले चल्लाहरु चिउँ-चिउँ गरिरहुन्

यति धेरै पढेको मेरो छोरा!
तिम्रो चिउँडोको टुप्पो सम्झेर
मैले
जतिचोटी नरिवलको कुचोको टुप्पो भाँचेकी छु
त्यति गन्न सक्छौ हैन?

यति धेरै पढेको मेरो छोरा!
तिम्रो कानको लोती सम्झेर
मैले
जतिचोटी बाख्राको पाठाको कानको लोती सुम्सुम्याएकी छु
त्यति गन्न सक्छौ हैन?
यति धेरै पढेको मेरो छोरा!
मेरा गालामा
बाङ्गिएका अक्षरलाई
बाङ्गिएकै डिको दिएर
तिम्रो लागि लेखिएको एउटा कविता छ,
त्यति पढ्न सक्छौ हैन?

तिमीलाई सम्झिँदै मकैको कुटी काटिसकेपछी
मकैका ढोडका लामा छोटा टुक्राहरुले
डुँडको पानीमा तैरिएर
तिम्रै बारेमा लामा-छोटा कथाहरु बनाएका छन्
त्यति पढ्न सक्छौ हैन?

तिमीलाई नै सम्झिन्छु म
तिम्रो बुबाले मंगलबारे बजारबाट ल्याएको
दुई पावा खसीको मासुमा
दुई बटुका झोल हालेको दिन,
तिमीले ओढ्ने गरेको पुरानो सिरकमा
नयाँ खोल हालेको दिन
म तिमीलाई सम्झिन्छु,
दिनभरी घरमा कोही नभएको दिन
म तिमीलाई सम्झिन्छु,
रातभरी घरभरि सबैजना भएको दिन
म तिमीलाई सम्झिन्छु,
म छु जस्तो लागेको दिन म तिमीलाई सम्झिन्छु,
मर्छु जस्तो लागेको दिन म तिमीलाई सम्झिन्छु,

सर्पले काँचुलीलाई बिर्सिएको दिन
म तिमीलाई सम्झिन्छु
काँचुलीले सर्पलाई सम्झिएको दिन
म तिमीलाई सम्झिन्छु,
मैले आफूलाई सम्झेको दिन
म तिमीलाई सम्झिन्छु
आफूलाई बिर्सिएको दिन
म तिमीलाई सम्झिन्छु,
मलाई नढाँटीकन भन त मेरो छोरा!
आज तिम्रो जन्मदिनमा
तिमीले मलाई सम्झ्यौ?