शरीरका कुन अंग फरफराए के फल ?
अङ्गस्फुरण विचार
नारायणप्रसाद निरौला
ज्योतिषाचार्य
शरीरमा विभिन्न प्रकारका कम्पहरू वेला वेलामा भइरहन्छन् । कुनै अंग विशेष हुने यस्तो कम्पनलाई अंगस्फुरण भनिन्छ । यसरी स्वस्थ अवस्थामा कुनै अंग विशेष फरफराउदा के फल हुन्छ भन्न्ने कुरा पनि ज्योतिष शास्त्रले बताएको छ । यस्तो फलको भोगी हुन सर्वप्रथम शरीर स्वस्थ हुनु आवश्यक छ । रोगी शरीरमा अंगस्फुरणको कुनै फल हुँदैन । विभिन्न सकुनले शुभाशुभ बताएजस्तै अंगस्फुरणले पनि व्यक्तिको जीवनमा शुभाशुभको संकेत गरिरहेको हुन्छ । यस्तै सङ्केतन मध्येको एक अंग फरफराउनु पनि हो । शरीरका लक्षण जस्तै अंग अनुसार फरफराएको शुभाशुभ फल ज्योतिष शास्त्रमा बताइएको छ ।
शिरको मध्य भाग फरफराए अभीष्ट पूरा हुन्छ अर्थात् सोचेका काम पूरा हुन्छन् । भनी बताइएको छ । यसैगरी शिरको पछाडिको भाग फरफराए यात्रा हुन्छ । दाहिने शिर फरफराए झन्झट आइपर्न सक्छ । निधार फर्फराएमा स्थानवृद्धि हुन्छ । आँखी भौँ फरफराए प्रियव्यक्तिको मिलन हुन्छ । नेत्रे नेत्रप्रियाः प्राप्ताः कर्णे कर्णसुखं भवेत् । नासिकायां सुगन्धाप्तिः कपोले तु वराङ्गना ।। (ज्योतिःसार, मिश्रप्रकरण, श्लो १०१) अर्थात् दाया आँखाको तल्लो भाग फरफराए प्रतिष्ठा मिल्छ भने वायाँ आँखाको तल्लो भाग फरफराए खर्च बढ्ने गर्दछ । विशेषतः राती जन्म भएका व्यक्तिका लागि शरीरको वायँ भाग फरफराएको शुभ मानिन्छ भने दिनमा जन्म भएकाका लागि शरीरको दायाँ भाग फरफराएको शुभ मानिन्छ । रातमा जन्म हुनेका निम्ति दाया आँखा फरफराए अशुभ मानिन्छ भने वायाँ आखा फरफराएको शुभ मानिन्छ । आँखा फरफराए प्रिय वस्तुको प्राप्ति हुन्छ भन्ने फल छ । राती जन्मेकाका निम्ति वायाँ अंगस्फुरण शुभ मानिन्छ । यसैगरी कान फरफराए राम्रो कुरा सुनिन्छ । नाक फरफराए सुगन्ध मिल्छ । गाला फरफराए प्रियवस्तुको प्राप्ति हुन्छ भनी ज्योतिःसारमा बताइएको छ । दायाँ कान पदोन्नतिकारक हुन्छ भने वायाँ कान फरफराए दुःख दिन्छ । दायाँ काँधले चिन्ता थप्छ भने वायाँ काँध फरफराए शत्रु विजय हुन्छ ।
ओठ फरफराए कलह हुन्छ भने जिभ्रो फरफराए मिष्टान्न भोजनत प्राप्त हुन्छ । हात फरफराए यात्राको अवसर मिल्छ । हात फरफराए यात्राको अवसर मिल्छ । कुइनो फरफराउनु भने शुभ मानिदैन । ओष्ठे कलहो ज्ञेयो जिह्वायां मिष्टभोजनम् । भुजेषु भुवनक्रीडा जानुदेशे महद्भयम् ।। (ज्योतिःसार, मिश्रप्रकरण, श्लो १०२) यसैगरी घाँटीको कण्ठ प्रदेश फरफराए वस्त्राभुषण प्राप्त हुन्छ । घाँटी फरफराए राज्यबाट सम्मान मिल्छ । यसैगरी पिठ्युँ फरफराए अर्काले कुरा काट्छन् भने स्कन्ध फरफराए धनागम हुन्छ भनी बताइएको छ । कण्ठस्थं भूषणां कण्ठे ग्रीवायां जागरा भवेत् । पृष्ठे परोक्षवार्ता च स्कन्धयोश्च धनागमः ।। (ज्योतिःसार, मिश्रप्रकरण, श्लो १०३) । यसैगरी पाखुरा फरफराए मित्रभेट हुन्छ ।
हृदय फरफराए अभीष्ट सिद्धि हुन्छ । पेट फरफराए भाग्य बढ्ने हुन्छ । कमर फरफराए सवारी साधन मिल्छ । गुदा फरफर्राए परस्त्री भोग हुन्छ । घुँडा फरफराए वस्त्र लाभ हुन्छ । पैताला फरफर गरे यात्रा गर्नु पर्ने फल बताइएको छ ।
हृदये वाञ्छिता सिद्धिर्जठरे भाग्यसम्पदः । वाहनाप्तिःकटेर्देशे गुह्ये परबधूरतः । ऊरुयुग्मेऽतिवस्त्राप्तिः पादयोर्गमनं भवेत् ।। (ज्योतिःसार, मिश्रप्रकरण, श्लो. १०४) स्तन फरफराए मनले चिताएको पुग्ने हुन्छ भने छाती फरफराए धन प्राप्त हुन्छ । पिडुडा फरफराए शत्रुभय हुन्छ । खुट्टाको औँला फरफराए लाभ हुन्छ । वायाँ घुँडा फरफराए प्रेमी मिलन हुन्छ भनी सुलभ ज्योतिषमा उल्लेख गरिएको छ ।
स्वास्थ्यव्यक्तिको शरीरका कुनै अंग विशेष कम्पन हुनुलाई अंग स्फुरण भनिन्छ । विशेषतः यसको फल निरोगी व्यक्तिका लागि मात्र घट्ने गर्दछ । कुनै रोग विशेषले फरफराएको फल हुँदैन । विशेषतः रातमा जन्म हुनेहरूका लागि शरीरको वायँ र दिनमा जन्म हुनेका लागि शरीरका दायाँ भाग स्फुरण भएको शुभ मानिन्छ । अंग स्पुरण पनि एक सकुन विशेष भएकाले यसको पनि आफ्नै महत्त्व रहेको पाइन्छ ।
Subscribe to:
Post Comments (Atom)
-
नवराज पराजुली (सर्जक) हेब्बी बड्डे छोरा! सिमेन्टको सेतो खाली बोरा बोकेर धानको सिला खोज्न जाँदा तिमी पाइलैपिच्छे भेट्थ्यौ नरुवाको घा...
-
शरीरका कुन अंग फरफराए के फल ? अङ्गस्फुरण विचार नारायणप्रसाद निरौला ज्योतिषाचार्य शरीरमा विभिन्न प्रकारका कम्पहरू वेला वेलामा भइरहन्छ...
-
Nepali Poem Pagal by Laxmi Prasad Devkota Laxmi Prasad Devkota – Pagal जरुर साथी म पागल ! यस्तै छ मेरो हाल । म शब्दलाई देख्दछु...
No comments:
Post a Comment