Saturday, August 26, 2017

गीताका मुख्य सार

यी हुन् गीताका १८ मुख्य सार








बाइबल क्रिस्चियन धर्मावलम्बीको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ, कोरान मुस्लिम धर्मावलम्बीको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ हो । त्यसैगरी, हिन्दु धर्मावलम्बीको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ वेद हो । वेद चार वटा छन् ऋग्वेद, सामवेद, यजुर्वेद र अर्थर्ववेद । यी चार वेदको निष्कर्ष उपनिषद् ग्रन्थ हो ।krishna-wallpaper-bhagavad-gita
उपनिषद्बाटै १८ पुराण बनेका हुन् । सबै वेद, उपनिषद् पुराणको निष्कर्ष गीता हो । गीता धार्मिक पुस्तक १८ अध्यायमा लेखेको छ । 
अर्जुनले महाभारत लड्दिन भनेर अज्ञानी भएका बेला श्रीकृष्णजीले राम्रो ज्ञान प्राप्तिका लागि गीताको ज्ञान भनेको सुनाएको हो । तै पनि अर्जुनलाई चित्त नबुझेकोले भगवान् श्रीकृष्णजीले अर्जुनलाई विश्वरूप दर्शन दिएर प्रस्ट पारी ज्ञान प्राप्ति गरिदिएको हो । अर्जुनलाई महाभारतलाई लड्न तयार गरिदिएको हो । यसरी निष्कामना अर्जुनमा उत्पत्ति गराइदिएको हो । यो सबै ज्ञानलाई गीतामा भगवान्ले १८ अध्यायमा मनन चिन्तन गराएको हो ।
तिनै १८ अध्याय हिन्दु धर्मको मुख्य महत्वपूर्ण  धर्मको नियम स्वरूप हो । यिनै १८ अध्यायको कुरालाई सारांशमा हेर्दा भगवान्को १८ इश्वरीय कानुन (१८ कमाण्डमेन्टस्) भनेर हामीले बुझ्नुपर्छ । इश्वरीय कानुन भन्नाले हामी मानिस १८ वटा नियमलाई पालना गरी जीवन चलाउन भवसागर तर्नलाई अर्पण गर भनी भगवान्को आदेश हो । 
अतः गीतालाई हामी १८ कमाण्डमेन्टस् भन्छौँ । जस्तो कि बाइबललाई क्रिस्चियनले दश कमाण्डमेन्टस् भन्छन् । गीताको १८ अध्यायको मुख्य सार कुरा यस्तो छ । यसबाट आफ्नो जीवनलाई सुधार्नुहोस्, लाभ उठाउनुहोस् । 

१८ कमाण्डमेन्टस् गीताको मुख्य कुरा 
अध्याय १– मोह या सुख शान्तिको अधीनमा नपर्नु । 
२– शरीर नाशवान, आत्मा अविनाशी सम्झेर कर्तव्य पालना गर्नु । 
३– निष्काममा भावले परहिताय गरी कर्तव्य पालना गर्नु । 
४– तत्व  ज्ञानको अनुभव गरी निःस्वार्थ भावले कर्म गर्नु । 
५– सधैँ तितिक्षामा रहनु अर्थात् सुखदुःखमा समान भाव हुनु । 
६– अन्तस्करणमा समता राख्नु । 
७– सबै कुरा भगवान् नै हो भनी स्वीकार्नु सबैमा ब्रह्मभाव र हुनु । 
८– सधैँ भगवान्को स्मरण गर्दै आफ्नो कर्तव्यको पालना गर्नु । 
९– सबै मानिस भगवत प्राप्तिका अधिकारी हुन् भनी सम्झनु । 
१०– विलक्षण, विशेषता, सुन्दरता, महता, विद्वता बलबता आदि भगवान्को नै अंश मानी भगवान्को चिन्तन गर्नु । 
११– यो चराचर जगत् भगवान्को नै स्वरूपा मानेर विराट रूप भगवान्को दर्शन गर्नु अर्थात् जगत् नै भगवान, भगवान् नै जगत् हो भन्नु । 
१२– शरीर, इन्द्रीय, मन, बुद्धिले आफूलाई भगवान्मा अर्पण गर्नु । 
१३– संसारमा एक परमात्मा तत्व नै जान्न योग्य वस्तु हो भनी जानु । 
१४– सत्व, रज, तम यी तीनै गुणबाट अतित भई अनन्य भक्ति गर्नु । 
१५– एक परमात्मा मानेर अनन्य भक्तिभावले उनको भजन गर्नु । 
१६– जन्म, मरणको चक्रबाट छुट्न दुर्गन दुराचारको त्याग गर्नु । 
१७– जुनसुकै शुभ कर्म गरे पनि भगवान्को नाम स्मरण, उच्चारण गर्दै आरम्भ गर्नु । 
१८– भगवत शरणागती हुनु र भावले भगवान्को शरणमा पर्नु ।
-गोरखापत्रबाट
प्रा.डा. शिवप्रसाद धौभडेल


शरीरका कुन अंग फरफराए के फल ?

शरीरका कुन अंग फरफराए के फल ?


अङ्गस्फुरण विचार

नारायणप्रसाद निरौला
ज्योतिषाचार्य

शरीरमा विभिन्न प्रकारका कम्पहरू वेला वेलामा भइरहन्छन् । कुनै अंग विशेष हुने यस्तो कम्पनलाई अंगस्फुरण भनिन्छ । यसरी स्वस्थ अवस्थामा कुनै अंग विशेष फरफराउदा के फल हुन्छ भन्न्ने कुरा पनि ज्योतिष शास्त्रले बताएको छ । यस्तो फलको भोगी हुन सर्वप्रथम शरीर स्वस्थ हुनु आवश्यक छ । रोगी शरीरमा अंगस्फुरणको कुनै फल हुँदैन । विभिन्न सकुनले शुभाशुभ बताएजस्तै अंगस्फुरणले पनि व्यक्तिको जीवनमा शुभाशुभको संकेत गरिरहेको हुन्छ । यस्तै सङ्केतन मध्येको एक अंग फरफराउनु पनि हो । शरीरका लक्षण जस्तै अंग अनुसार फरफराएको शुभाशुभ फल ज्योतिष शास्त्रमा बताइएको छ ।

शिरको मध्य भाग फरफराए अभीष्ट पूरा हुन्छ अर्थात् सोचेका काम पूरा हुन्छन् । भनी बताइएको छ । यसैगरी शिरको पछाडिको भाग फरफराए यात्रा हुन्छ । दाहिने शिर फरफराए झन्झट आइपर्न सक्छ । निधार फर्फराएमा स्थानवृद्धि हुन्छ । आँखी भौँ फरफराए प्रियव्यक्तिको मिलन हुन्छ । नेत्रे नेत्रप्रियाः प्राप्ताः कर्णे कर्णसुखं भवेत् । नासिकायां सुगन्धाप्तिः कपोले तु वराङ्गना ।। (ज्योतिःसार, मिश्रप्रकरण, श्लो १०१) अर्थात् दाया आँखाको तल्लो भाग फरफराए प्रतिष्ठा मिल्छ भने वायाँ आँखाको तल्लो भाग फरफराए खर्च बढ्ने गर्दछ । विशेषतः राती जन्म भएका व्यक्तिका लागि शरीरको वायँ भाग फरफराएको शुभ मानिन्छ भने दिनमा जन्म भएकाका लागि शरीरको दायाँ भाग फरफराएको शुभ मानिन्छ । रातमा जन्म हुनेका निम्ति दाया आँखा फरफराए अशुभ मानिन्छ भने वायाँ आखा फरफराएको शुभ मानिन्छ । आँखा फरफराए प्रिय वस्तुको प्राप्ति हुन्छ भन्ने फल छ । राती जन्मेकाका निम्ति वायाँ अंगस्फुरण शुभ मानिन्छ । यसैगरी कान फरफराए राम्रो कुरा सुनिन्छ । नाक फरफराए सुगन्ध मिल्छ । गाला फरफराए प्रियवस्तुको प्राप्ति हुन्छ भनी ज्योतिःसारमा बताइएको छ । दायाँ कान पदोन्नतिकारक हुन्छ भने वायाँ कान फरफराए दुःख दिन्छ । दायाँ काँधले चिन्ता थप्छ भने वायाँ काँध फरफराए शत्रु विजय हुन्छ ।

ओठ फरफराए कलह हुन्छ भने जिभ्रो फरफराए मिष्टान्न भोजनत प्राप्त हुन्छ । हात फरफराए यात्राको अवसर मिल्छ । हात फरफराए यात्राको अवसर मिल्छ । कुइनो फरफराउनु भने शुभ मानिदैन । ओष्ठे कलहो ज्ञेयो जिह्वायां मिष्टभोजनम् । भुजेषु भुवनक्रीडा जानुदेशे महद्भयम् ।। (ज्योतिःसार, मिश्रप्रकरण, श्लो १०२) यसैगरी घाँटीको कण्ठ प्रदेश फरफराए वस्त्राभुषण प्राप्त हुन्छ । घाँटी फरफराए राज्यबाट सम्मान मिल्छ । यसैगरी पिठ्युँ फरफराए अर्काले कुरा काट्छन् भने स्कन्ध फरफराए धनागम हुन्छ भनी बताइएको छ । कण्ठस्थं भूषणां कण्ठे ग्रीवायां जागरा भवेत् । पृष्ठे परोक्षवार्ता च स्कन्धयोश्च धनागमः ।। (ज्योतिःसार, मिश्रप्रकरण, श्लो १०३) । यसैगरी पाखुरा फरफराए मित्रभेट हुन्छ ।
हृदय फरफराए अभीष्ट सिद्धि हुन्छ । पेट फरफराए भाग्य बढ्ने हुन्छ । कमर फरफराए सवारी साधन मिल्छ । गुदा फरफर्राए परस्त्री भोग हुन्छ । घुँडा फरफराए वस्त्र लाभ हुन्छ । पैताला फरफर गरे यात्रा गर्नु पर्ने फल बताइएको छ ।
हृदये वाञ्छिता सिद्धिर्जठरे भाग्यसम्पदः । वाहनाप्तिःकटेर्देशे गुह्ये परबधूरतः । ऊरुयुग्मेऽतिवस्त्राप्तिः पादयोर्गमनं भवेत् ।। (ज्योतिःसार, मिश्रप्रकरण, श्लो. १०४) स्तन फरफराए मनले चिताएको पुग्ने हुन्छ भने छाती फरफराए धन प्राप्त हुन्छ । पिडुडा फरफराए शत्रुभय हुन्छ । खुट्टाको औँला फरफराए लाभ हुन्छ । वायाँ घुँडा फरफराए प्रेमी मिलन हुन्छ भनी सुलभ ज्योतिषमा उल्लेख गरिएको छ ।

स्वास्थ्यव्यक्तिको शरीरका कुनै अंग विशेष कम्पन हुनुलाई अंग स्फुरण भनिन्छ । विशेषतः यसको फल निरोगी व्यक्तिका लागि मात्र घट्ने गर्दछ । कुनै रोग विशेषले फरफराएको फल हुँदैन । विशेषतः रातमा जन्म हुनेहरूका लागि शरीरको वायँ र दिनमा जन्म हुनेका लागि शरीरका दायाँ भाग स्फुरण भएको शुभ मानिन्छ । अंग स्पुरण पनि एक सकुन विशेष भएकाले यसको पनि आफ्नै महत्त्व रहेको पाइन्छ ।